Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा जारी राख्न सुझाब

उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा जारी राख्न सुझाब

  • 2.6K
    SHARES

  • उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा जारी राख्न सुझाब

    उपत्यका नगरपालिका मेयर फोरमले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। आज सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अगाडीको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

    यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको छ।

    यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवस्यक रहेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, भाद्र ११ २०७७०२:३४:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology