बुटवल,साउन २८ ।
लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
माओवादी केन्द्रका केसीलाई ४२ जना सांसदको समर्थनसहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाए ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरलले हिजाे राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरेचनले संविधानको धारा १६८ को उपधारा अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए ।
गठबन्धनमा नेपाली कांगेसका १९,माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना गरी ४२ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत मिसिएका छन् । प्रदेश प्रमुख शेरेचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी गरेका छन् । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ ।
अल्पमतमा परेपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी गरेको छैन।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)