बुटवल,साउन २७ -
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्।
प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार मन्त्रिपरिषदबाट चार बर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा घिसिङ नियुक्त भएका हुन्।
३ वर्ष कार्यकाल बाँकी छँदै हितेन्द्र देव शाक्य भने प्राधिकरणबाट बाहिरिएका छन्। उनलाई सरकारले ऊर्जा आयोगमा नियुक्ति दिएको छ।
नागरिक अनलाइनले याे समाचार मंगलबार नै ब्रेक गरेको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)