Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनीको विशेष अधिवेशन अन्त्य

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनीको विशेष अधिवेशन अन्त्य

  • 2.5K
    SHARES

  • मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनीको विशेष अधिवेशन अन्त्य

    बुटवल,साउन २७ ।

    मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनीको विशेष अधिवेशन अन्त्य गरिएको छ । बैठकको पहिलाे चरणमा नेपाली काँग्रेसका दलका नेता बिरेन्द्र कनाैडियाले बाेलेका थिए ।

    विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बैठकमा सत्ता पक्ष अनुपस्थित थियाे । 

    sansad lumbini.jpg

    नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।

    लगत्तै एकघण्टाका लागि बैठक स्थगित गरिएको थियाे ।

    suchi.jpg

    दाेस्राेचरणको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको पत्रबारे जानकारी प्रदेशसभामा जानकारी गराइएको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए ।

    अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बोलेपछि मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

    राजीनामा पछि विशेष अधिवेशन अन्त्य गरिएको छ । यसबारेमा प्रदेश प्रमुखले अधिबेशन अन्त्य सम्बन्धि पत्र संसद सचिवालयलाइ पठाएपछि मात्रै अधिबेशन अन्त्य हुने कानुनी प्रकृया छ ।

    राजीनामाबारे प्रदेश प्रमुखले प्रदेशसभामा पठाएको पत्र :

    rajinama.jpg

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology