Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा 

  • 4.5K
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा 

    बुटवल,साउन २७ -

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलबिरूद्धको अविश्वास प्रस्ताव छलफलका लागि आज १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

    उनी (३८ सांसद सहित ) अल्पमतमा रहेकाले उनको अल्पमतको सरकार ढल्ने निश्चितप्रायः देखिएपछि राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

    प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् ।rajinama shankar.jpg

    मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology