Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलको साथ छाड्दै भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलको साथ छाड्दै भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा

  • 2.3K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री पाेखरेलको साथ छाड्दै भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा

    बुटवल,साउन २७ ।

    लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् । 

    गत वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

    उनले नागरिक अनलाइनस‌ँग भने -‘ अदालतबाट अन्तरिम आदेश आएन,मैले नैतिकताको आधार राजीनामा दिएँ ।’जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    लुम्बिनी प्रदेशमा जसपा  ६ जना सांसदहरु रहेका थिए ।  पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सवै पोखरेल सरकार विरुद्धको गठबन्धनमा छन् । 

    यता मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आजै प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । सरकार ढल्ने पक्का भएपछि आज बिहान एमाले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिने संभावना छ ।

    santosh-pandey-rajinama.jpg

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology