बुटवल,असोज ८-
रूपन्देहीकाे तिनाउ नदीमा आएको बाढीले बुटवलमा एक घर बगाएको छ भने जिल्लाका दर्जनाै स्थानमा क्षति पुर्याएकाे छ ।
दुइदिनदेखिकाे अबिरल बर्षाले तिनाउ नदीमा खतराको तह नाघेकाे हाे । बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा एक घर बगाएको हो ।
बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको टिनले छाएको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।
बाढीले मानवीय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेका छन्। सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन ।
तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै अविरल बर्षाका कारण मर्चवारको भरथापुरमा बाढी पसेको छ । जिल्लाकै सबैभन्दा बढी जोखिममा रहेको भरथापुरको ४ वटा घरमा पानी पसे पछि घरमा बस्नेहरुलाई अन्नपात र चौपाया सहित अन्यत्र सारिएको छ ।
बिहिबार बिहानै भरथापुरका को ४ घरमा पानी पसेपछि शसस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको शसस्त्र प्रहरी रुपन्देहीका प्रमुख तेज प्रसाद पोखरेलले जानकारी दिए ।
शसस्त्र प्रहरी नायब निरिक्षक सहदेब सापकोटाको कमाण्डमा ९ जनाको टोलीले उनिहरुको उद्दार गरेको पोखरेलले जनाए । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २ अत्याधिक बाढीको जोखिममा पर्ने वडा हुन् ।
यस्तै शसस्त्र प्रहरी बलले बाढीमा आत्महत्या गर्न पसेको ३ जना बालबालिका सहित महिलालाई उद्दार गरेको छ । बिहिबार दिउसो करिब ३ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुर बस्ने राम आशिस मल्लाहको श्रीमती ३३ बर्षिय गंगोत्री मल्लाह घरायसी बिबादका कारण २ छोरा र १ वटी छोरी लिएर दानव नदिको बाढीमा आत्महत्या गर्न पसेकी थिईन ।
उनलाई बाढीमा पसेको देखे पछि उद्दारको लागी गएको शसस्त्र प्रहरी नायब निरिक्षक सहदेव सापकोटाको कमाण्डको टिमले उद्दार गरेर निजकै घरमा सुरक्षित साथ राखेको प्रहरीले जनाएकाे छ ।
यी समाचार पनि पढाैँ -
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)