बुटवल,साउन २६ ।
बुटवल-पाल्पा सिद्धार्थ राजमार्गको तिनाउ -गाँउपालिका ३ दाेभान हेडबक्सनजिकबाट स्कार्पियो तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन् ।
पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको दाेभान प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिराे सहितको ढुंगाले सडकमा गुडिरहेकोस्कार्पियोलाई खाेलामा खसालेको हाे ।

दुर्घटनामा परि तिनाउ ३ झुम्साका ५४ बर्षिय बाबुराम पाण्डेय,२२ बर्षिय बिनाेद पाण्डेय,१८ बर्षिय अमित पाण्डे र ४२ बर्षिय गंगा दराइ घाइते छन् । उनीहरु मध्ये ५४ बर्षिय बाबुराम पाण्डेयको अवस्था भने गम्भीर रहेको छ ।

ओम प्रकाश पाण्डेको स्कार्पियो गाडी दुर्घटनामा परेको स्थानीय सरस्वती पन्थ लम्सालले नागरिक अनलाइनलाई बताउनुभयो । घाइते चारै जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।
तस्वीरहरु : ताेया लम्साल /नागरिक अनलाइन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)