Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदै

  • 2.8K
    SHARES

  • सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदै

    बुटवल,साउन २४ । 

    सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ ।सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम् साझा कार्यक्रम र कार्यविधि तयार पारेको हाे । 

    गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने छ ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

    संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology