Logo बिहिवार, आश्विन १ गते २०८३
images

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौंमा

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौंमा

  • 2.0K
    SHARES

  • जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौंमा

    बुटवल,साउन २३ ।

    जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । 

    कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

    सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology