बुटवल,साउन २२ ।
प्रतिनिधीसभाका सभामुुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबार, पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको अवलोकन गरेका छन् ।उनले तोकिएको समय भन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देश गरे ।
अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद सचिवालय र संवद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याउनु भएको छ ।
उनले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)