Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महामन्त्री कोइराला कोरोना भाइरसमुक्त

कांग्रेस महामन्त्री कोइराला कोरोना भाइरसमुक्त

  • 4.8K
    SHARES

  • कांग्रेस महामन्त्री कोइराला कोरोना भाइरसमुक्त

    बुटवल,असोज ८- 

    नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन् ।

    उनले बिहिबार सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका छन् । उनको स्बाव परीक्षणका क्रममा बिहिबार नेगेटिभ देखिएको हो । 

    गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् । 

    कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उन अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology