बुटवल साउन २१ ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् ।
एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । विमला खत्री वलीलाई बन्धक बनाइएको कुरामा कुनै सत्यता नभएको नेकपा एमालेले बताएको छ । । एमालेले आजै पत्रकार सम्मेलन गरेर खत्रीको कुराको खण्डन गरेको हाे।
पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला खत्रीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताए । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।
प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्याएको स्वीकार गरे, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए ।
प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्याएर बन्धक बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।
हेराैँ यी खबरहरु :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)