Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सांसद विमला वलीको बयान :‘मुख्यमन्त्री निवासमा ५ दिन बन्धक बनाइयो,शौचालयको चप्पलमै भागें’

सांसद विमला वलीको बयान :‘मुख्यमन्त्री निवासमा ५ दिन बन्धक बनाइयो,शौचालयको चप्पलमै भागें’

  • 3.5K
    SHARES

  • सांसद विमला वलीको बयान :‘मुख्यमन्त्री निवासमा ५ दिन बन्धक बनाइयो,शौचालयको चप्पलमै भागें’

    बुटवल,साउन २१ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारी निवासमा प्रदेश सांसद विमला खत्री वलीलाइ ५ दिन बन्धक बनाएको पुष्टी भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्दी बनाइएको पुष्टी गरिन् ।

    यसबारेमा सबैभन्दा पहिले नागरिक अनलाइनमा समाचार ब्रेक गरिएको थियो ।मेराे बदनाम गर्न एमालेमा फर्किएँ भनेर जबरजस्ती ३ ठाँउमा हस्ताक्षर गराएर साउन १९ गते एमालेले विज्ञप्ति जारी गराएको बताइन् ।

    bimala khatri oli samsad.jpg

    एमाले प्रमुख सचेतक ढकाल गाडीकाण्डदेखि सांसद‘अपहरण’सम्म सक्रिय !

    नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् ।उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।

    एमाले प्रमुख सचेतक ढकाल यसअघि प्रदेशसभाका लागि  गाडी खरिदको अनियमिततामा पनि मुछिएका थिए । उनै ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो,सँगै जाऔं’ भनेर घरबाटै लगे,विश्वास गरेर गाडीमा बसें ।’बिमलाले पत्रकार सम्मलेलनमा भावुक हुँदै भनिन् ।

    तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’

    मुख्यमन्त्रीको बिमलालाइ अफर एमालेमा आउनुस्,मन्त्री बन्नुस् !

    आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’ मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो,अब त्यस्तो हुँदैन ।

    एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’

    तीनवटा माइन्युटमा जबरजस्ती हस्ताक्षर गराए :

    मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको र अन्य तीनवटा माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको बताइन् ।  त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’

    आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताइन्। उनको अनुहार मलिन र तनावपूर्ण देखिन्थ्यो ।बिमलाका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएकी थिइन् । ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें ।’

    इरिक्सामा माओवादी केन्द्र संसदीय दलको कार्यालयसम्म :

    त्यही बेला कसैलाई नदेखेपछि भागेर इरिक्सामा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भागेर आएको उनले बताइन् ।

    आफ्नो सेण्डिल लगाउँदा हिडेको आवाज आउने भएपछि त्यहीको शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् । उनले कपडा र ब्याग अहिलेपनि मुख्यमन्त्री पोखरेल सरकारी निवासमा रहेको बताइन् । तर उनले कानुनी उपचार खाेज्नेबारेमा अहिल्लै केहि तयारी नभएको बताइन् ।

    बिमलाको प्रेस बिज्ञप्ति बाचन भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगर बसन्तले गरेका थिए । 

     

    हेराैँ यी खबरहरु :- 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology