बुटवल,साउन २१ ।
नेपालमा थप ३९३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
यस्तै, हालसम्म ९ हजार ९९४ जनाको मृत्यु भैसकेको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको मन्त्रालयले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)