Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज नेकपा (एमाले) माधव पक्षको केन्द्रीय सदस्यको बैठक

आज नेकपा (एमाले) माधव पक्षको केन्द्रीय सदस्यको बैठक

  • 3.0K
    SHARES

  • आज नेकपा (एमाले) माधव पक्षको केन्द्रीय सदस्यको बैठक

    बुटवल, साउन २१ ।

    नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको छ ।

    यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।  यसैबीच, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ। 

    बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology