Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसइई नतिजा नआउँदै चितवनमा धमाधम कक्षा ११ मा विद्यार्थी भर्ना,महानगरले सोध्यो स्पष्टीकरण !

एसइई नतिजा नआउँदै चितवनमा धमाधम कक्षा ११ मा विद्यार्थी भर्ना,महानगरले सोध्यो स्पष्टीकरण !

  • 2.6K
    SHARES

  • एसइई नतिजा नआउँदै चितवनमा धमाधम कक्षा ११ मा विद्यार्थी भर्ना,महानगरले सोध्यो स्पष्टीकरण !

    सुरज ज्ञवाली /चितवन,साउन २० ।

    चितवनको भरतपुर महानगरपालिकाले माध्यमिक तह एसइइको नतिजा प्रकाशित नभएसम्म कक्षा ११ विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

    माध्यमिक तह उत्तीर्ण परीक्षा एसइइको नतिजा प्रकाशन नहुँदै अहिले नै कक्षा ११ मा विद्यार्थी भर्ना  हुन थालेपछि भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको हो छ ।

    महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना सुरु गरिसकेको अभिभावकहरुको गुनासो आएकोले एस इ इ को नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको जनाएको छ ।

    नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भएपनि केही विद्यालयहरुले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानुन बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ ।नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समिति सहितको टोलीले आज स्थलगत अनुगमन गरी केही विद्यालयहरुलाई स्पष्टीकरण समेत सोधेको छ । 

    अनुगमनका क्रममा रजिष्ट्रेशन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको हो ।साउनको अन्तिम साता एस इ इ को नतिजा प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डको तयारी रहेपनि विद्यालयहरू बिचको अस्वस्थ प्रतिस्पर्धाको मारमा बिद्यार्थी परेका छन्  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology