बुटवल,साउन २०-
नेपाली गीत संगीतमा बिगत लामो समय देखि निरन्तर संघर्ष गरिरहेका संगीतकर्मी हुन् बिष्णु भट्टराई । ढेड दशकदेखि आफुलाई संगीत क्षेत्रमा समर्पित गरेका भट्टराईले ३ हजार म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।
बुटवलमा रहेर काठमाडाैपछि उच्च स्तरीय म्युजिक भिडियो र क्वालिटीमा बनाउने भट्टराईले सधै ब्यस्त रहन्छन् । निर्देशक तथा कुशल सम्पादक भट्टराई निर्देशन संगसगै अभिनयमा पनि देखिन सुरु गरेका छन् ।
भट्टराईले संगितयात्रालाइ थप नयाँ उचाइमा पुर्याउने चाहना रहेको नागरिक अनलाइनसंग बताए । विष्णु भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको तीज गीत सार्वजनिक यतिबेला नेपाली गीत संगीतको बजार तीज गीतहरुले तताई रहेका छन्।हरेक दिन नयाँ गीतहरु एकपछि अर्को सार्वजनिक हुने प्रक्रिया चलिरहेको छ।
गीत संगीतलाई माया गर्ने श्रोता,दर्शकहरुले पछिल्लो समयमा सस्तो लोक प्रियताको लागि तीज गीतको नाममा आफ्नो मौलिकता बिर्सन लागेको भनिरहेका बेला यसैलाई मध्यनजर गर्दै भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको मौलिक तीज गीत सार्वजनिक भएको छ।
समिक्षा अधिकारी र नवराज घिमिरेको आवाज, बन्धना पराजुली भुसालको शब्द सिर्जना, विष्णु भट्टराईको लय संकलन, महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, त्यसैगरी विष्णु भट्टराई र करिष्मा ढकाल लगायत अन्य कलाकारहरुको अभिनयमा गीत तयार भएको हो।
शोभाखर पन्थीको छायांकन, बिक्की परियारको कोरियोग्राफी साथै उनै विष्णु भट्टराईको निर्देशन र सम्पादनमा गीत यतिबेला बजारमा आएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)