Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

 यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायको पिडा : न रोजगारी,न त अधिकार नै !

 यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायको पिडा : न रोजगारी,न त अधिकार नै !

  • 2.4K
    SHARES

  •  यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायको पिडा : न रोजगारी,न त अधिकार नै !

    बुटवल,साउन १८ ।

    यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । यौनिक अल्पसंख्यकहरूले रोजगारिको अभावमा यौन पेशा अँगाल्न बाध्य भएको भन्दै राज्यलाई गम्भीर हुन आग्रह गरेका हुन ।

    एक्लोलाई साहरा दिने वृक्ष समूह रूपन्देहीको आयोजनामा सोमबार बुटवलमा भएको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायहरूको सवालमा सासद र सरोकारवालाहरू संग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन ।

    कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले यौनिक अल्पसंख्यक समुदायको समस्या राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताए । ‘यो प्राकृतिक रूपमा सृजित समस्या हो, त्यसैले यसको समाधान गर्नतर्फ अग्रसर हुनुपर्छु’ उनले भने ।

    सडकमा उत्रेर टायर नबालेसम्म, टायर नबालेसम्म सरकारले नसुन्ने हो भने सिहदरबार घेर्नुपर्ने उनले बताए । ‘सासदहरूलाई एकै थलोमा राखेर कथा सुनाउन जरूरी छु’ उनले भने ।

    अन्तरक्रियामा लुम्बिनि प्रदेशका सासद कमलादेवि विश्वकर्माले यौनिक अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्ने सवालमा भूमिका खेल्ने बताईन । प्रदेशभाका अर्का सदस्य पुष्पा थरूनीले यौनिक अल्पसंख्यक समुदायको सवालमा अझै पनि सरकारले नितिगत रूपमा सम्बोधन गर्न नसकेको बताईन ।

    प्रदेशसभाकन अर्का सासद दीपा विश्वकर्माले उत्पिडित समुदायले नै यौनिक अल्पसंख्यकको मुद्धालाइ उठाएको बताउदै कानुन निर्माणामा सहयोग गर्ने बताईन ।

    कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण न्यौपाने, अधिवक्ता पदम बहादुर कार्की, उपभोता हित संरक्षण मञ्चका समुन्द्र जीसी, जनजाति नेता मनोज राना लगायतले बोलेका थिए ।यसैगरि कार्यक्रममा तेस्रो लिंगि निर्जला राउत, रोज रानाले यौनिक अल्पसंख्यक कुनै पेशा व्यवसाय गर्दा पनि सामाजिक दृष्टिकोण गलत भएकाले समस्या भईरहेको बताए ।

    कार्यक्रम संयोजक मनिला न्यौपानेको अध्यक्षता तथा समूहका मूल्याकन तथा अवलोकन समितिका संयोजक टिकाराम भुसालको स्वागत एंव ओपन फाउण्डेशनका लुम्बिनी प्रलेश संयोजक रेशम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology