बुटवल,साउन १७-
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुटवलमा २७ जना थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३९४ पुगेको छ । पछिल्लो समय थपिएका संक्रमितहरुमध्ये बुटवलका ३७ जना, सिद्धार्थ नगरका ४ तिलोत्तमाका १३ जना, देवदहका १ जना, सैनामैनाका २ जना, , र मायादेबीका १ जना रहेका छन् ।
हालसम्म जिल्लामा कुल २९ हजार १ सय ४६ जना संक्रमित पुगेका छन् । अहिलेसम्म ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ६७ जना निको भएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)