Logo बिहिवार, आश्विन १ गते २०८३
images

मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा,अर्थ सचिवमा मरासिनी

मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा,अर्थ सचिवमा मरासिनी

  • 2.9K
    SHARES

  • मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा,अर्थ सचिवमा मरासिनी

    बुटवल साउन १७-

    सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो । सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र बुझेका छन् । 

    महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन् । अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो ।

    मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो  ।

    आइतबार आफूले अर्थ सचिवमा सरुवा भएको पत्र बुझेको सचिव मरासिनीले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology