Logo बिहिवार, श्रावण १४ गते २०८३
images

लियो क्लव अफ बुटवल खस्यौली युथले जितेश्वरी वनमा राेप्याे ४ सय बिरुवा

लियो क्लव अफ बुटवल खस्यौली युथले जितेश्वरी वनमा राेप्याे ४ सय बिरुवा

  • 4.1K
    SHARES

  • लियो क्लव अफ बुटवल खस्यौली युथले जितेश्वरी वनमा राेप्याे ४ सय बिरुवा

    बुटवल,साउन १६ - 

    लियो क्लव अफ बुटवल खस्यौली युथले बुटवलमा ४ सय बिरुवा रोपेको छ । बुटवल १३ जितेश्वरी सामुदायिक बनक्षेत्रमा आज बिभिन्न प्रजातीका फलफूल तथा औषधिजन्य बिरुवाहरु रोपेको हो ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिक कार्यक्रम अन्तर्गत १७ प्रजातिका बिरुवाहरु रोपिएको हो । आँप ,अमला, गोल्डमोहर, बेल बर्रो, बाँस, कल्की ,रक्तचन्दन, सिसौ, तेजपत्ता बकाइनो लगायतका बिरूवा राेपिएको क्लवले जनाएको छ ।

    अध्यक्ष दिपक खरेलको अध्यक्षता तथा सुदर्शन बस्यालको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि साे बनका अध्यक्ष जंग बहादुर श्रीसले राेपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा बिशिष्ट अथिति पूर्व अध्यक्ष तथा डिस्ट्रिक ईस्टाटेजिक चीफ राजीव जंग कुंवर, निवर्तमान अध्यक्ष सुमित शर्मा ,सह कोषाध्यक्ष दीपेन्द्र भट्टराइ लगायतले बोलेका थिए ।

    कार्यक्रममा क्लवका सम्पूर्ण सदस्य, स्थानिय टोल बिकास संस्था , वन विकास समितिका सहभागि रहेको कार्यक्रम संयोजक संजय गैरेले नागरिक अनलाइनलाई बताए ।

    treeplantation.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology