बुटवल,साउन १६ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२१-०२२ का नवनिर्वाचित अध्यक्ष ज्याेति भण्डारीलाइ निर्वाचन अधिकृत डिल्लीनारायण पाण्डे,बर्ष २०२०-०२१ का अध्यक्ष ठाकुर आचार्य र पुर्व अध्यक्ष बिजय गुप्ताले पदभार ग्रहण गराएका थिए ।
पहिलाे सत्रमा क्लव अध्यक्ष अध्यक्ष ठाकुर आचार्यको अध्यक्षता र सचिब कृष्णबहादुर सुनारको संचालनमा भएको थियाे । साे अवसरमा अग्रज तथा सहयाेगीहरूलाइ मायाको चिनाेले सम्मान गरिएको थियाे ।
पदभार ग्रहणपछिको दाेस्राे सत्र क्लवका अध्यक्ष ज्याेति भण्डारीको अध्यक्षता र सचिब नेत्र प्रसाद पाण्डेको संचालनमा भएको थियाे ।
नवनिर्वाचित अध्यक्ष ज्याेति भण्डारीले अब आफूले नयाँ शिराबाट अभियानलाइ अगाडी बढाउने बताए । यसका लागि सबैकाे सहयाेग जरूरी रहेकाे उनकाे भनाइ छ ।
उनले आफू कोराेनासंग ४७ दिन अस्पताल रहनुपरेकाे र काेराेनालाइ जितेर घर फर्केकाे जानकारी दिदै स्वास्थ्य लाभकाे कामना गर्ने सबैलाइ धन्यबाद समेत दिए ।

सो अवसरमा क्लवका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे,पूर्व अध्यक्षहरु,योगेश घिमिरे लगायतले बाेल्दै लायन्स क्लवहरुको सक्रियताले समाज रूपान्तरण भएको बताएका थिए ।
नवनिर्वाचित समितिमा अध्यक्ष ज्याेति भण्डारी,प्रथम उपाध्यक्ष झबिन्द्र अधिकारी,द्वितीय उपाध्यक्षमा नारायण तिवारी,तितृय उपाध्यक्षमा सितारम रसाइली,सचिवमा नेत्र प्रसाद पाण्डे,कोषाध्यक्षमा भूमिराज सापकोटा ,सहसचिवमा तुल्सीराम भण्डारी,सहकोषाध्यक्षमा महेश पाण्डे,टेलट्वीस्टरमा पवन जाेशी,टेम्बरमा शरद भुसाल,सदस्य निर्देशक प्रकाश शर्मा,पिआरओमा डिआर भण्डारी,डाइरेक्टरहरूमा डाेलराज बस्याल,धनबहादुर खत्री,लक्ष्मण गैरे,राजेश्वर प्रसाद शाह रहेका छन् ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)