साउन १६ ।
माैलिक जराे किलाे पार्टीले बुटवलमा एमसीसी बिरूद्ध प्रदर्शन गरेकाे छ ।
मौलिक जरोकिलो पार्टी लुम्बिनी प्रदेशद्वारा बुटवलको ट्राफिकचोकमा एमसीसी बिनासको मोडल हो भन्दै बिरोध जनाएका हुन् ।
सो अवसरमा मौलिक जरोकिलो पार्टि बिदेश बिभाग सचिव राजन अधिकारी,लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठ ,लुम्बिनी प्रदेश सचिव संगिन श्रेष्ठ , रुपन्देही जिल्ला संयोजक जीवन भण्डारीले लगायतले बोल्दै एमसीसी खारेज गर्नुपर्ने बताए ।
उनीहरूले कपुतन्त्रको उपज हो,माननियले एमसीसी खारेज नगरे ,माननियलाई मतदाताले खारेज गर्नेछन्,एमसीसी बिकासको मोडल हैन बिनासको मोडल हो लगायतका प्लेकार्ड देखाएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)