Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीले सदस्यलाइ १ लाख बराबरको दुर्घटना बिमा गरिदिने

पत्रकार महासंघ रुपन्देहीले सदस्यलाइ १ लाख बराबरको दुर्घटना बिमा गरिदिने

  • 2.7K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीले सदस्यलाइ १ लाख बराबरको दुर्घटना बिमा गरिदिने

    बुटवल,साउन १५ । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ ।

    महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ । 

    अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य छन । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खाँन सदस्य छन । 

    यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन । यसैगरि कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार रहेका छन । 

    यस्तै सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा  अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे छन । यसैगरि अर्का सहसचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशि उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन । 

    बैठकले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयकले संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले फिर्ता गरेर पुर्नलेखन गर्न माग गरेको छ । 

    यसैगरि पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने बैठकले निर्णय गरको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुटाइएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।

    रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्यांक संकलन गर्ने एंव संस्थाको बेवसाईड निर्माण गर्ने  निर्णय गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology