Logo बुधवार, श्रावण १३ गते २०८३
images

कोभिड बिरुद्ध सचेतना जगाउँदै रोटरी डाउनटाउन 

कोभिड बिरुद्ध सचेतना जगाउँदै रोटरी डाउनटाउन 

  • 2.3K
    SHARES

  • कोभिड बिरुद्ध सचेतना जगाउँदै रोटरी डाउनटाउन 

    बुटवल,साउन १५ -

    रोटरी क्लव अफ बुटवल डाउनटाउनले कोभिड १९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लवको अगुवाईमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो ।

    मानिसहरु हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए ।सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम गरिएको उनले बताए ।

    कोभिड रोक्ने उपाय भनेकै मास्क लगाउने, हात धुने र दुरि कायम गर्नु बाहेक विकल्प नरहेकाले पनि यसलाई पालना गर्नुपर्ने उनले बताए । विभिन्न स्लोगन लेखिएका प्लेकार्ड सहित माईकिङ सहित मास्क र सेनिटाईजर वितरण गरि कार्यक्रम गरिएको थियो । 

    कार्यक्रमको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले औपचारिक उद्घाटन गरेका थिए ।शहरी क्षेत्रमा नागरिकहरुबाट लापरवाही बढिरहेको भन्दै यसले संक्रमणको दर बढाउने डर रहेको उनले बताए ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक मदन कुवर, क्लबका एसाईन एजी नारायण पन्थ, एजी जीवन अधिकारी, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, भिमराज श्रेष्ठ, सचिव बाबुराम बन्जाडेले आफू सुरक्षित भए समाज र देश सुरक्षा हुने दाबी गरे ।क्लबमा युवाहरु गोलपार्क, मिलनचोक ट्राफिक चोक लगायत क्षेत्रमा माईकिङ र मास्क बितरण गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology