Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर ३६११ जना कोरोना संक्रमित थपिए,थप २७ को मृत्यु

देशभर ३६११ जना कोरोना संक्रमित थपिए,थप २७ को मृत्यु

  • 1.6K
    SHARES

  • देशभर ३६११ जना कोरोना संक्रमित थपिए,थप २७ को मृत्यु

    बुटवल,साउन १५ ।

    पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । 

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ । 

    हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology