Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलबस्तुकाे कोइली खोलाले बगायाे विद्युत प्राधिकरणको गाडी,गुल्मीका १ जनाको मृत्यु २ जना बेपत्ता

कपिलबस्तुकाे कोइली खोलाले बगायाे विद्युत प्राधिकरणको गाडी,गुल्मीका १ जनाको मृत्यु २ जना बेपत्ता

  • 4.0K
    SHARES

  • कपिलबस्तुकाे कोइली खोलाले बगायाे विद्युत प्राधिकरणको गाडी,गुल्मीका १ जनाको मृत्यु २ जना बेपत्ता

    बुटवल,असोज ७-

    कपिलबस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको छन् । वाणगंगा नगरपालिका–७ मा कोइली खोलाले जिनुवाबाट विद्युत मर्मत गरी फर्किएको बा १ ञ १०८९ नम्बरको गाडीलाई बगाउँदा १ जनाको मृत्यु भएको हो।

    साे गाडीमा ६ जना रहेको र ३ जना पौडी खेलेर बँच्न सफल भएको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताए ।गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका–५ का ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    विद्युत प्राधिकरण कपिलबस्तुका शाखा प्रमुख ५२ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ का ६२ वर्षीय जित बहादुर भाट क्षेत्री बेपत्ता भएको प्रहरीका छन् ।

    घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology