Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी-रोट्याक्ट क्लव अफ बुटवल चौतारीद्वारा रक्तदान,१०१ युनिट रगत संकलन

रोटरी-रोट्याक्ट क्लव अफ बुटवल चौतारीद्वारा रक्तदान,१०१ युनिट रगत संकलन

  • 4.7K
    SHARES

  • रोटरी-रोट्याक्ट क्लव अफ बुटवल चौतारीद्वारा रक्तदान,१०१ युनिट रगत संकलन

    बुटवल,साउन १५ ।

    रोटरी क्लव अफ बुटवल चौतारी र रोट्याक्ट क्लव अफ बुटवल चौतारीको संयुक्त आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा बुटवल ११ देवीनगरमा रहेको विवान फार्मेसी परिषरमा रक्तदान कार्यक्रम  भएको हो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि क्षेत्रीले बुटवलमा रगतको अभाव हुन नदिन यस क्षेत्रका सामाजिक संघसंस्थाको ठुलो योगदान रहेको बताउँदै रक्तदान गराउन प्रेरित गर्ने अभियानहरु पनि सञ्चालन गर्नुपर्ने बताए ।

    विवान फार्मेसी र रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक एवं रोटरी क्लव अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष थानेश्वर पाण्डेले नागरिक अनलाइनलाई बताए ।

    रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीले सामाजिक सेवामा सधै क्रियाशील हुने प्रतिबद्धता जनाउदै सबैको सहयाेगजरूरी रहेको बताए । 

    कार्यक्रममा क्लवका सल्लाहकार राजेन्द्र ढकाल, रोट्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष सुवास नेपाल, रोटरी क्लव अफ बुटवल चौतारीका प्रेसिडेन्ट ईलेक्ट सन्तोष के.सी, प्रेसिडेन्ट नोमिनी दिनेश सुवेदी लगायतले बोल्दै बुटवल क्षेत्र रक्तदानको हव भएको बताउँदै बुटवल आसपासको क्षेत्रलाई पनि रक्तदानको हब बनाउनुपर्ने बताए ।

    कार्यक्रममा पश्चिम पहुनी मा.वि तिलोत्तमा सम्पुर्ण शिक्षक, शिक्षिकाहरुले रक्तदान गरेका थिए । कार्यक्रम क्लवका निवर्तमान अध्यक्ष थानेश्वर पाण्डेको स्वागत तथा सचिव लक्ष्मण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology