Logo बुधवार, श्रावण १३ गते २०८३
images

रूपन्देहीमा साउन मसान्तसम्म लम्बियो निशेधाज्ञा( प्रशासनको आदेशसहित)

रूपन्देहीमा साउन मसान्तसम्म लम्बियो निशेधाज्ञा( प्रशासनको आदेशसहित)

  • 9.3K
    SHARES

  • रूपन्देहीमा साउन मसान्तसम्म लम्बियो निशेधाज्ञा( प्रशासनको आदेशसहित)

    बुटवल,साउन १४- 

    रूपन्देहीमा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसअघि कै मन्त्रिपरिषदको बेसाख ६,१३ र १९ गतेकै  निर्णय अनुसार नै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परिक्षा चलाउनेहरूले एक काेठामा २५ जनाभन्दाबढी बिद्यार्थी नराख्न भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ ।निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा सहज हुनेछन् । अन्यको हकमा पुरानै नियमलाइ निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।

    के गर्न पाइन्छ के पाइँदैन ? हेराैँ याे सुचना  :

     

    rupandehi.jpg

    rup 2.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology