Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा २३ सहित रुपन्देहीमा थपिए ७३ कोरोना संक्रमित, हालसम्म २१ जनाको मृत्यु

बुटवलमा २३ सहित रुपन्देहीमा थपिए ७३ कोरोना संक्रमित, हालसम्म २१ जनाको मृत्यु

  • 2.2K
    SHARES

  • बुटवलमा २३ सहित रुपन्देहीमा थपिए  ७३  कोरोना संक्रमित, हालसम्म २१ जनाको मृत्यु

    बुटवल,असोज ७-

    रुपन्देहीमा बुधबार ७३ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमित र संक्रमणमुक्त भएका १११ जनासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२९ पुगेको छ।

    आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणमा  २६ महिला र ४७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताए।

    सबैभन्दा बढी बुटवल र सिद्धार्थनगरमा २३-२३ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, देवदहमा ६ कञ्चनमा ३, सैनामैना र सियारीमा १-१ जनामा संक्रमण पुष्टि भएको छ।

    कार्यालयका अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १४५० जना निको भएर फर्किसकेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology