Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभालाई जानकारी

३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभालाई जानकारी

  • 3.1K
    SHARES

  • ३ सांसद निष्कासन गरेको पत्र  लुम्बिनी प्रदेशसभालाई जानकारी

    बुटवल,साउन १४- 

    जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निश्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

    सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराए ।

    पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

    पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् ।  उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिवद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।

    हेर्नुहोस् कारबाही पत्र :-

    jasapa.jpg

     

    jasapa-1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology