बुटवल साउन १३-
गैरे प्रतिष्ठान प्रालिले बुटवलमा रोयल इनफिल्डको (बुलेट मोटरसाइकलको) नयाँ मोडल मेटिअरका ३ भेरियन्टको सार्वजनिक गरेको छ ।
नयाँ मोडल मेटिअरका ३ वटा भेरियन्ट बुटवलमा सार्वजनिक गरिएको हाे । नारायणी पश्चिमदेखि नेपालगञ्जसम्मको क्षेत्रका लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठानले बुधबार बुटवलको कालिकानगरमा एक कार्यक्रमकाबिच बुलेटको पाँचौ मोडल मेटिअरको सार्वजनिक गरेको हो ।
युवाहरु माझ लोकप्रिय रहेको बुलेटका ४ वटा मोडल क्लासिक,इलेक्ट्रा,हिमालय र इन्ट्रसेप्टर बजारमा उपलब्ध छन् । बुधबार देशैभरी पाँचौ मोडल मेटिअरको लन्च गरिएको हो । सोही क्रममा लुम्बिनी प्रदेशको अस्थाइ मुकाम बुटवलमा पाँचौ मोडल मेटिअरका ३ नयाँ भेरियन्टको लन्च गरीएको प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले बताए ।
बुधबार सार्वजनिक गरिएका तीन वटा भेरियन्टमा ३५० सिसिका सुपरनोभा,स्टेलर र फायर बल छन् । सुपरनोभाको ६ लाख ४५ हजार,स्टेलरको ६ लाख १७ हजार र फायर बलको ६ लाख बजार मुल्य रहेको प्रतिष्ठानका अध्यक्ष गैरेले जानकारी दिए ।
यी मोटरसाइकलको माइलेज ४० किलोमिटर प्रति लिटर रहेको उनले बताए । स्पोर्टी लुक्स, डबल एबिएस ब्रेक सिष्टम,१५ लिटर टंयाकी, जिपिएस जडान सहित सुरक्षाका उत्कृष्ट मापदण्डहरु समावेस गरिएकाले यी बाइक निकै उपयोगी सावित हुने कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए ।
भारतीय कम्पनीका यी बाइकहरु ७ वटा आकर्षक रङ्गमा उपलब्ध छन् । कार्यक्रममा बुटवल उद्याेग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे,नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,समाजसेवी बालकृष्ण गैरे, पत्रकार खिमानन्द भट्टराइ लगायतले बाेलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)