Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

  • 4.3K
    SHARES

  • लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

    बुटवल,साउन १२-

    सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्दै नयाँ नियुक्ति गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भएका हुन् ।

    मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् ।

    नेकपा माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो ।

    लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनको कांग्रेस नेता हुन् । Amik-Sherchan-and-prithvi-man-gurung.jpg

    त्यस्तै कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।  मन्त्रिपरिषदको बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।त्यस्तै सरकारले योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।

    pradesh-pramukh.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology