Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश प्रमुख फेरिने चर्चाले तर्सिए लुम्बिनीका मुख्यमन्त्री पोखरेल

प्रदेश प्रमुख फेरिने चर्चाले तर्सिए लुम्बिनीका मुख्यमन्त्री पोखरेल

  • 2.9K
    SHARES

  • प्रदेश प्रमुख फेरिने चर्चाले तर्सिए लुम्बिनीका मुख्यमन्त्री पोखरेल

    बुटवल,साउन १२-

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्रीले विपक्षीको माग अनुसार छिटै प्रदेशसभाबाट विश्वासको मत लिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताएका छन । आज मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले विश्वासको मत लिने मिति भने टुंगो नभएको बताएका हुन ।

    ‘विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाउनुभयो । त्यसैले अब छिट्टै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’ प्रवक्ता चौधरीले भने, ‘हामी छिटै विश्वासको मत लिन्छौं । मत पाए सरकार चलाउछौं । नत्र छोडिदिन्छौं ।’

    गत वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए ।

    अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्धनमा पनि ४१ सदस्य नै रहेका छन् ।

    संङ्घीय सरकारले प्रदेश प्रमुख फेर्ने तयारी गरेको र जसपा विवाद सकिएकाले सरकारमा रहेकाहरू थप तनावमा परेका छन् ।

    लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology