Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाए

पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाए

  • 2.7K
    SHARES

  • पूर्व सभामुख  कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाए

    बुटवल,साउन १२-

    पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्। न्यायाधीश माधवप्रसाद  पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई सदर गरको हो।

    यसअघि जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो।  जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो।

    मंगलबार न्यायाधिश पोखरेल र सुवेदीको इजलासले उक्त पुनरावेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतकै फैसला सदर गरेको हो।

    २०७६ असोजमा महरा सभामुख रहेका बेला संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको यौन सम्बन्धी विवादका कारण उनी पदमुक्त भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology