बुटवल,साउन ११-
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा कार्यरत कर्मचारीको मृत्यु भएकोमा उहाँको परिवारलाई राहात स्वरुप २ लाख प्रदान गरिएको छ । पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियन बुटवलका सदस्य स्व. प्रदीप थापाको ५८ वर्षको उम्मेरमा निर्धन भएको हो ।
आईतवार समितिको कार्यालयमा एक समारोहका बीच स्व. थापाको श्रद्धान्जली सभा गरिएको छ भने एक दिने शोक विदा गरिएको छ । शोक सभामा समितिको तर्फवाट १ लाख र युनियनको तर्फवाट १ लाख गरि २ लाख रुपैयाँ थापाको परिवारलाई प्रदान गरिएको कार्यालय प्रमुख तथा नेपाल ट्रक यातायात कर्मचारी युनियनका महासचिव वाबुराम अधिकारीले बताउनु भयो ।
सभामा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की ,युनियनका पूर्व अध्यक्ष प्रकाश गैरे, खेम गुरुङ,टोपलाल घिमिरे, लेखा प्रमुख ऋषिराम भट्रराई, लगायतले स्व थापाले समितिमा पुराएको योगदानको चर्चा गर्नु भएको थियो ।
विस २०६० साल देखि स्व. थापा समितिमा कार्यरत रहदै आउनु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)