Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार संचालनमा कसैले पनि प्रश्न उठाउने ठाउँ दिनुहुँदैन : नेता महत 

सरकार संचालनमा कसैले पनि प्रश्न उठाउने ठाउँ दिनुहुँदैन : नेता महत 

  • 2.8K
    SHARES

  • सरकार संचालनमा कसैले पनि प्रश्न उठाउने ठाउँ दिनुहुँदैन : नेता महत 

    गुल्मी,साउन ११-

    नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले ओली सरकारकाको भष्मासुर प्रवृतिका कारण काँग्रेसलाई  सरकार संचालन गर्ने अबसर प्राप्त भएको बताउनुभएको छ ।

    उहाँले कतिबेला पछि हट्नुपर्छ र कतिबेला अघि बढ्नुपर्छ भन्ने नेतृत्वको सुझबुझका कारण पछिल्लो समयमा नेपाली काँग्रेसले देखाएको परिपक्ताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको बताउनुभयो ।

    नेपाली काँग्रेस गुल्मीले सोमबार विपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटि कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले उक्त कुरा बताउनु भएको हो । उहाँले लोकतान्त्रीक मुल्य मान्यता, विधिको शासन एवं भष्ट्राचार मुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनु परेको बताउनु भयो । ‘बडो धैर्यता, संयमता र सुझबुझ तरिकाबाट जसरी सत्ताको बागडोर लिने अबस्थामा पुगेका छौं, त्यही अनुरुपबाट हामीले शासन सत्ता संचालन गर्नुपर्छ, कही कतै पनि प्रश्न उठाउने ठाउँ दिनु हुँदैन,’ नेता महतले भन्नुभयो । 

    उहाँले मुलुक संचालन गर्नका लागि ईमान, सीप र समर्पण चाहिने भन्दै त्यो कुरा कम्युनिष्टमा नभएको र कम्युनिष्टहरुले जित्दासम्म नेपालमा संमृद्धि र सुखी नेपाली हुन नसक्ने तर्क गर्नुभयो ।

    नेपाली काँग्रेस बिधि र संबिधानमा बिश्वास गर्ने पाटि भएका कारण जनताले यो सरकार प्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पुरा गर्न पनि वर्तमान सरकारलाई कहि कतै त्रुटी नगरि हरेक कदम कदममा फुकिफुकि पाईला चाल्न समेत आग्रह गर्नु भएको थियो ।  

    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले यो अबस्थामा नेपाली काँग्रेसको काँधमा सरकार संचालन गर्ने कुरा अबसर र चुनौती दुबै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रीनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पाटि सभापति भुबन प्रसाद श्रेष्ठले पार्टि पंक्तिलाई व्यक्ति भन्दा माथि उठेर पाटि र मुलुकका लागि जनताले मनमनमा सम्झनेगरि काम गर्न नेतृत्व पंक्तिलाई सुझाब दिनु भएको थियो ।

    नेता महत नेपाली काँग्रेस गुल्मी क्षेत्र नं १ का पार्टि सभापति एवं गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको निधन भएको १२ औं दिनको पुण्य तिथीमा आयोजित शोक सभा कार्यक्रममा सहभागि हुन सोमबार गुल्मी आई पुग्नु भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology