Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुरुपूर्णिमाको अवसरमा दीपमा अभिभावक कविता वाचन प्रतियोगिता,रञ्जु प्रथम

गुरुपूर्णिमाको अवसरमा दीपमा अभिभावक कविता वाचन प्रतियोगिता,रञ्जु प्रथम

  • 3.0K
    SHARES

  • गुरुपूर्णिमाको अवसरमा दीपमा अभिभावक कविता वाचन प्रतियोगिता,रञ्जु प्रथम

    बुटवल,साउन १०- 

    दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

    जुम एप मार्फत् भर्चुअल रूपमा सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा प्रतियोगीहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको स्वाधीनताप्रतिको चिन्ता, कोरोना महामारी लगायत समसामयिक विषयवस्तुमा कविता वाचन गरेका थिए ।

    प्रतियोगितामा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

    प्रतियोगितामा रञ्जु गौतम घिमिरे प्रथम, विमला अर्यालले द्वितीय र सुन्दर तरामुले तृतीय स्थान हासिल गरेका छन भने प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्नेटन् । प्रतियोगितामा विजयी अभिभावकहरुलाई विद्यालयमा विशेष कार्यक्रम मार्फत पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology