बुटवल,साउन ९-
नेपाली काँग्रेसले तिनाउ गाउँपालिका वडा न ५ बिस्कुनडाँडाँमा राहत बितरण गरेको छ । कोभिडबाट प्रभावित अति बिपन्न दलित समुदायका ४० घरमा राहतस्वरुप चामल बितरण गरेको काँग्रेसले तिनाउ गाउँपालिका सचिव बिष्णुप्रसाद पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
साे कार्यक्रममा प्रमुख अतिथि काँग्रेस पाल्पा जिल्ला सदस्य तथा अधिवक्ता महेन्द्र प्रसाद पाण्डेय रहेका थिए । साे अवसरमा पदमलाल शाक्य , शंकर खनाल , सुरेश गाहा , सन्तोष शेरचन ,लगायतले मन्तब्य राखेेका थिए ।
अध्यक्ष यम बहादुर रास्कोटीको अध्यक्षता र संचालन सुन्दर गाहाले गरेका थिए । राहत पाएपछि स्थानीय खुसी भएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)