Logo बिहिवार, आश्विन १ गते २०८३
images

जानकीनगरमा वृहत रक्तदान,१२५ युनिट रगत संकलन 

जानकीनगरमा वृहत रक्तदान,१२५ युनिट रगत संकलन 

  • 4.8K
    SHARES

  • जानकीनगरमा वृहत रक्तदान,१२५ युनिट रगत संकलन 

    बुटवल,साउन ९-
    नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा र सगरमाथा टोल विकास संस्था संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान गरिएको छ ।

    तिलोत्तमा नगरपालिकाको जानकीनगरमा गरिएको रक्तदान कार्यक्रमको रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले उद्घाटन गर्दै टोलटोलमा रक्तदानको अभियानलाई युवाहरुमार्फत शुरुवात चलाउन थालिएको बताए ।

    कार्यक्रममा वडा नं २ का वडा सदस्य श्यामलाल क्षेत्री, नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, शाखाका अध्यक्ष अर्जुन पौडेल, रक्तदाता समाज तिलोत्तमा शाखा गोबिन्द भुषाल, जागृति युवन क्लबका अध्यक्ष विदुर केसीले सबैको सहयोगमा रक्तदानसगै अन्य सामाजिक कार्य गर्न आफुहरु तयार रहेको बताए ।

    कार्यक्रम संयोजक हिम्मत गैरे १ सय २५ युनिट रगत संकलन भएको बताए । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology