Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गर्छु : प्रधानमन्त्री देउवा

सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गर्छु : प्रधानमन्त्री देउवा

  • 2.9K
    SHARES

  • सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गर्छु : प्रधानमन्त्री देउवा

    बुटवल,साउन ८- 

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ ।प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो । 

    संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप लगाएको होइन भन्नुभयो ।

    आफुहरुले संविधानको दायराबाहिर गएर केही नगरेको भन्दै संविधानसम्मत बनेको आफ्नो सरकारले गरेका बाचाहरू पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाले अहिले खोप सवैभन्दा ठुलो समस्या रहेको भन्दै किनेर भएपनि सवै जनतालाई खोप पुग्ने व्यवस्था मिलाउने बताउनुभयो ।

    त्यसक्रममा उहाले आफुलाई सहयोग र समर्थन गर्ने गठबन्धन र नेताहरुको धन्यवाद व्यक्त गर्नुभयो  ।अब प्रतिनिधिसभाको अर्को बैठक साउन १२ गते मंगलबार १ बजे बस्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology