Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे छ,भारी वर्षा हुने

आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे छ,भारी वर्षा हुने

  • 3.7K
    SHARES

  • आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे छ,भारी वर्षा हुने

    बुटवल,असोज ७-

    काठमाडौ उपत्यकासहित प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा केही दिन भारी वर्षाको आँकलन गरिएको छ।

    मनसुनी न्यूनचापीय रेखा भारत छत्तिसगढको उत्तरी क्षेत्र नेपालनजिकै भएकाले भारी वर्षा हुने सम्भावना बढ्दै गएको हो। हालसम्म देशैभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आँकलन गरिएको छ।

    हाल मनसुन कायमै रहँदा बाढीपहिरोको उच्च जोखिम हुने भएकाले उच्च सतर्क रहन जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले आह्वान गरेको छ।3 din mausam.png

    मनसुन सकिने समय भए पनि अहिले नै केही भन्न नसकिने मौसमविद मीनकुमार अर्यालले बताए। ‘सामान्यतया मनसुन जुन १० मा सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ। त्यो समय आज सकिदैछ’ अर्यालले भने, ‘तर, मनसुन सकिने संकेत देखिएको छैन।अर्को हप्ताको अन्तिमसम्म केही अनुमान गर्न सकिन सक्छ ।’ सामान्य मनसुन सकिने मितिभन्दा धेरै पछाडी नै सकिने गरेको छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology