Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकीको मन्त्रिपरिषद् ११ सदस्यीय पुग्याे,थप ६ मन्त्रीहरुले लिए शपथ

गण्डकीको मन्त्रिपरिषद् ११ सदस्यीय पुग्याे,थप ६ मन्त्रीहरुले लिए शपथ

  • 2.3K
    SHARES

  • गण्डकीको मन्त्रिपरिषद् ११ सदस्यीय पुग्याे,थप ६ मन्त्रीहरुले लिए शपथ

    पाेखरा,साउन ८ -

    गण्डकी प्रदेशको मन्त्रीपरिषद् ११ सदस्यीय पुगेको छ । शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।

    krishna chandra nepali cm.jpgकांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

    यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।

    यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

    गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ दीपक मनाङे, स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।

    Gandaki-mantri-list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology