बुटवल,साउन ८ -
देशभर थप २ हजार ९७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ९७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, काठमाडौं उपत्यकामा थप ६१३ जनामा संक्रमण देखिएको छ।
काठमाडौंमा सबैभन्दा बढी ४१० जना, ललतिपुर १३४ र भक्तपुरमा ६९ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६७८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण ९ हजार ६७९ जनाको मृत्यु भइसकेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)