Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाईँदै,गुटगत कार्यक्रम गर्दै एमाले

पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाईँदै,गुटगत कार्यक्रम गर्दै एमाले

  • 2.5K
    SHARES

  • पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाईँदै,गुटगत कार्यक्रम गर्दै एमाले

    बुटवल,साउन ७-

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

    रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनी नेकपाका संस्थापक महासचिव हुन् ।

    नेपालको वाम उनको भूमिका महत्वपूर्ण छ । भारत प्रवासमा रहेकै बेला पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
    वाम एकता र आन्दोलनको सुरुवात गरेका पुष्पलालको वाम आन्दोलन अहिले भने विभावित अवस्थामा छ । दिवसको अवसरमा भइरहेका कार्यक्रमहरुले पनि विभाजनलाई देखाएको छ ।

    गम्भीर संकट र विभाजनको खेरामा पुगेको नेकपा एमालेले बिहीबार विभिन्न कार्यक्रम गर्दैछ । तर ती कार्यक्रमहरु गुटगत देखिएका छन् । एमालेको संस्थापन अर्थात अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले भिन्दाभिन्दै कार्यक्रम गर्दै छन् ।

    नेता नेपालसहितको उपस्थितिमा उनको खेमाले बिहीबार बिहानै कीर्तिपुर–४ चम्पादेवीमा रहेको पुष्पलाल पार्कमा विशेष कार्यक्रम गरेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले चम्पादेवीमा रहेको पुष्पलालको प्रतिमामा माल्यार्पण समेत गरेका छन् । यस्तै नेपाल खेमाले बिहान साढे १० बजे भक्तपुरको सूर्यविनायकमा स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम गर्दैछ ।

    यसैबिच ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा नेकपाको संस्थापन अर्थात अध्यक्ष ओली खेमाले दिउँसो १ बजे कार्यक्रम गर्दैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology