Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आइपिएल क्रिकेट : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित

आइपिएल क्रिकेट : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित

  • 3.2K
    SHARES

  • आइपिएल क्रिकेट : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित

    बुटवल,असोज ७-

    राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो।

    शारजाह क्रिकेट मैदानमा २१७ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ६ विकेटको क्षतिमा २०० रन मात्रै बनाउन सक्यो। चेन्नाईका लागि फाफ डु प्लेसिसले ३७ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ७२ रन बनाए। त्यस्तै, सेन वाटसनले ३३, कप्तान महेन्द्रसिंह धोनीले अविजित २९, केदार जाधवले २२ र मुरली विजयले २१ रन बनाए। बलिङतर्फ राजस्थानका राहुल तेवातियाले ३ विकेट लिए।

    यसअघि टस हारेपछि पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा २१६ रन बनायो। राजस्थानका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौकाको मद्दतमा ७४ रन बनाए। त्यस्तै, कप्तान स्टेभ स्मिथले ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए।

    राजस्थानको विशाल स्कोरमा जोफ्रा आर्चरले विष्फोटक ब्याटिङ गरे। उनले मात्र ८ बलमा २७ रन जोडे। बलिङतर्फ साम कुरनले ३ विकेट लिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology