Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानव कल्याण मित्र मञ्चद्वारा पाठ्पुस्तक तथा शैक्षिक सामाग्री प्रदान

मानव कल्याण मित्र मञ्चद्वारा पाठ्पुस्तक तथा शैक्षिक सामाग्री प्रदान

  • 2.6K
    SHARES

  • मानव कल्याण मित्र मञ्चद्वारा पाठ्पुस्तक तथा शैक्षिक सामाग्री प्रदान

    बुटवल,साउन ४। 

    सामाजिक संस्था मानव कल्याण मित्र मंचले अनाथ आश्रमा रहेका वालवालिकाहरुको अध्ययनका लागि पनि सहयोग गर्ने गरि अभियान शुरु गरेको छ ।रुपन्देहीको कोटीहवामा रहेको अविनास आश्रममा रहेका वालवालिकाको अध्ययनका लागि  पाठ्पुस्तक तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

    आश्रममा रहेका वालवालिकालाई पाठ्पुस्तकको अभाव रहेको संस्थाले अवगत गराएको र सोही अनुसार सहयोग उपलब्ध गराएको अध्यक्ष दूर्गा प्रसाद अर्यालले बताउनु भयो ।

    आश्रममा रहेका वालवालिकाको उच्च शिक्षासम्मको अध्ययनका लागि पनि आवश्यक परे सहयो गर्न सकिने मंचका संरक्षक  पुरुषेतम भट्रराईले औल्याउनु भयो।

    सोही समारोहमा सहभागी प्रवासी नेपाली मित्र मंचका महासचिव रघुनाथ पाण्डेले नेपालमा संस्था स्थापना भएपछि भारतवाट उद्धार गरि ल्याईएका वालवालिका हरुलाई सम्बन्धी परिवारसम्म पुराउन  निकै सहज भएको र आश्रममा रहेका वालवालिकाहरुलाई पाठ्सामाग्री उपलब्ध गराउनु थप सराहनीय कार्य भएको बताउनु भयो ।

    पाठ्पुस्तक तथा शैक्षिक सामाग्री गहर गदै अविनास आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले नाम जस्तै सामाजिक काम गरेको संस्थाले गरिको सहयोगले आश्रममा रहेका वालवालिकाकोलाई  अध्ययनका लागि निकै पलदायी भएको धारणा राख्नु भयो ।मानव कल्याण मित्रमंच र प्रवासी नेपाली मित्र मंचले भारतको फिरोदावादमा र बरेलीमा अलपत्र परेका ६ जना वालवालिकाको उद्धारको क्रममा रहेको जनाएको छ ।

    उनीहरुमध्ये कोहलपुरका ४ रुकुम पुर्वको र बैतडीका एकएक जना रहेको मानव कल्याण मित्रमंचकी सचिव कविता पन्थी ज्ञवालीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology