Logo बिहिवार, श्रावण १४ गते २०८३
images

शारीरिक सुगठन प्रतियोगिता : अमेरिकामा बुटवलका सिंहले जिते दुई स्वर्ण 

शारीरिक सुगठन प्रतियोगिता : अमेरिकामा बुटवलका सिंहले जिते दुई स्वर्ण 

  • 3.0K
    SHARES

  • शारीरिक सुगठन प्रतियोगिता  : अमेरिकामा बुटवलका सिंहले जिते दुई स्वर्ण 

    अमेरिका,साउन ४। 

    अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् । अमेरिकी राज्य टेक्सासमा भएको  प्रतियोगितामा सिंहले दुई छुट्टा छुट्टै विधामा स्वर्ण जितेका हुन् ।

    अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालीफाईएर कम्पिटिशन प्राकृतिक प्रो योग्यता प्रतियोगिता मा दुईवटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।सिंहले पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी  शारीरिक वर्ग र नवदीक्षित वर्ग मा प्रथम स्थान हासिल गरेका हुन् ।

    स्वर्ण पदक सहीत प्रो कार्ड प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् । उनी यो पदक जित्ने संभवत पहिलो नेपाली हुन् ।  टेक्सास राज्यको ड्यालसमा विगत ७ वर्षदेखि बसोबास गर्दै आएका सिंहको पुर्ख्यौली घर बुटवल हो । ३४ वर्षिय उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहले स्वर्ण पदक प्राप्त गरेका थिए ।usa winner.jpg

    उनले नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनका अन्य खेल समेत उनले खेलेका छन् । भक्तपुरमा भएको अर्को प्रतिष्पर्धामा मिस्टर बडी बिल्डिङ अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो स्थान समेत भएका थिए । त्यस्तै, उनले बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।यसैविच, खेल क्षेत्रको निम्ति प्रतिष्ठित पत्रिका मिस्टर हेल्थ एण्ड फिटनेश म्यागेजिनले सबैभन्दा बढी भोट आउने खेलाडीलाई म्यागेजिनमा फिचर्ड गर्ने भएपछि त्यसका निम्ति सिंह समेत प्रतिष्पर्धामा रहेका छन् । अमेरिका, नेपाल देखि विश्वभरवाट अनलाइनमार्फत मत दिन सकिनेछ ।

    अनलाइन भोटिङमा पनि उनले पहिलो चरण समेत पार गरिसकेका छन् । सबैभन्दा बढी मत पाउने खेलाडीले २० हजार अमेरिकी डलर सहित कभर पेजमा फिचर्ड हुने मौका पाउने म्यागेजिनले जनाएको छ । उत्सवका दाजु उज्ज्वल सिंहले निशुल्क रुपमा अनलाईन मार्फत मत दिन सकिने बताउँदैं सबैलाई मत दिनका निम्ति अपिल समेत गरेका छन् । 

    उनलाइ मत दिनका निम्ति याे लिंक थिचाैँ र भाेट गराैँ

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology