Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारी वर्षा : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन

भारी वर्षा : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन

  • 4.1K
    SHARES

  • भारी वर्षा : खराब मौसमका बावजुद नियमित उडान सञ्चालन

    काठमाडौँ,असोज ७-

    काठमाडौँमा मङ्गलबारबाट जारी वर्षाले हवाई उडानलाई प्रभाव पारेको छ ।

    आज बिहानैदेखि परेको झरीका बीच साउदी अरबको दमाम र बराइनबाट आएका बिमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । यस्तै आन्तरिक उडानतर्फ आज बिहान श्री एयरलाइन्सको विमान धनगढी उडेको छ ।

    बिहानैदेखि मौसम खराब भएपनि विमान उड्नका लागि अप्ठेरो नभएको विमानस्थलका एक कर्मचारीले बताए  । आन्तरिक उडानका लागि विभिन्न विमान कम्पनीहरुले तयारी गरिरहेको उनले बताए ।

    मंगलबार राति भने खराब मौसमका कारण फ्लाई दुबईको विमानले काठमाडौँको आकाशमा चक्कर लगाएर अवतरण हुन नसकेपछि भारतको लखनउमा अवतरण भएको थियो ।

    अहिले पानी परिरे पनि विमान उडान तथा अवतरणका लागि पर्याप्त भिजिविलिटी रहेको विमानस्थलका कर्मचारीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology